काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १६ गते ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ ।
बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग जाने कुल आह्वान रकमसम्म बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।
यस उपकरणको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ रहेको छ ।





















प्रतिक्रिया