काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र प्यान प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन्।
कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो ।
सोही समझदारीअनुसार विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको छ ।
यो विद्युतीय प्रणाली लागू भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो प्यान नम्बर र प्यान प्रमाणपत्र ‘सीएएमआइएस’ प्रणालीमार्फत सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।
यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो ।





















प्रतिक्रिया