काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सबै पक्ष इमान्दार र जिम्मेवार हुनुपर्ने बताएका छन्।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले निगमलाई सुदृढ बनाउन कर्मचारी, व्यवस्थापन र सरोकारवाला सबैको इमान्दार प्रयास आवश्यक रहेको बताए।
मन्त्री पौडेलले निगमको विकासमा समर्पित, नैतिक र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले प्राथमिकता दिने उल्लेख गर्दै अनियमिततामा संलग्न जोसुकैमाथि पनि कारबाही हुने स्पष्ट पारे।
उनले निगमको सुधार र विकासका लागि मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीलाई व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई प्रतिस्पर्धी र सबल संस्थाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।
विगतका अनुभवबाट पाठ सिक्दै स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।





















प्रतिक्रिया