काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चीनको ग्वाङ्झाउमा दीप प्रज्वलन गरिएको छ।
फिन्नी चाइनाको आयोजनामा भएको कार्यक्रममा नेपाली महावाणिज्यदूत भरत खनालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमको सुरुवात एक मिनेट मौनधारणबाट गरिएको थियो। सहभागीहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
विपत्तिका बेला नेपाली समुदाय एकजुट भएर प्रभावित तथा पीडित परिवारलाई आवश्यक सहयोग गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए।
















प्रतिक्रिया