काठमाडौं । अध्यागमन विभागले काठमाडौंको चोभार र ललितपुरको धोबिघाटबाट शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
विभागका अनुसार पक्राउ परेकामध्ये २१ जना धोबिघाट र ६ जना चोभारबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरूमध्ये चार जनासँग बिजनेस भिसा र बाँकीसँग भिजिट भिसा रहेको भेटिएको छ।
उनीहरू ड्रागन ब्रिज इन्टरनेसन प्रालि र ट्रेजर्स प्रालिमा आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरू होस्टल शैलीमा बस्दै शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका थिए।
घटनास्थलबाट शङ्कास्पद ग्याजेटहरू समेत बरामद गरिएको छ भने तीन जना चिनियाँ नागरिक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइने भएको छ।





















प्रतिक्रिया