काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो ।




















प्रतिक्रिया