काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पौडेल सुर्खेतबाट गत असार ८ मा पक्राउ परेका थिए । विशेष अदालतले आज तेस्रो पटक पौडेलको ६ दिन म्याद थप गरेको छ ।
आफ्ना पति पौडेललाई प्रतिशोध साँधेर गैरकानुनी थुनामा राखेको भन्दै पत्नीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।




















प्रतिक्रिया