Logo

सुरक्षा/अपराध

बारुदजन्य पदार्थ सहित ६ जना पक्राउ



लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका-८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारी लगायत ६ जनालाई करिब ५ सय ग्राम बारुदजन्य पदार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका-८ खिंचोक पास्वारा बस्ने मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्री सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।