काठमाडौं । पाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको छ ।
बैंकिङ प्रणालीमा भएको अधिक तरलता तरलता रहेका कारण केन्द्रिय बैंकले १ वर्ष अवधिका लागि ऋणपत्र जारी गर्न भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् ।
आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।
यो एकवर्षे अवधिको ऋणपत्र हो । यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।




















प्रतिक्रिया