Logo

समाचार

अखिल क्रान्तिकारीका कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हडताल



देशमा फेरि विप्लव निकटका विद्यार्थी अखिल क्रान्तिकारीले कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हडतालले चितवनका विद्यालयमा आज पठनपाठन ठप्प पारेका छन्।

क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले आफ्नो विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको विरोधमा शिक्षण संस्था बन्दको आव्हान गरिएको बताए । केही दिन पहिला कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

विकेलाई हतियारसहित पक्राउ गरिएको प्रहरीको दावी छ । झुटा मुद्दा लगाएकोले आफ्नो संगठन विरोधमा उत्रन बाध्य भएको अखिल क्रान्तिकारीले बताएका छन्।

क्रान्तिकारीले देशव्यापी रुपमा आज शैक्षिक हडताल गरेको छ ।यसरी बिना मुद्दामा प्रहरीले समाएकोमा उहांलाई नछोडे समम यसरी नै फेरि पनि बन्द हुने दावि साथ बताए।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ४ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।