Logo

खेलकुद

विश्वकप च्याम्पियन बन्यो स्पेन, १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा हरायो



काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा स्पेनले गरेको एकमात्र गोल नै उपाधि जित्न पर्याप्त बन्यो।

अर्जेन्टिनाले दोस्रो हाफको इन्जुरी समयमा ठूलो झट्का बेहोरेको थियो। खेलको ९०+३ मिनेटमा मार्टिनेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि स्पेनले खेलमा दबाब बढाउँदै अन्ततः निर्णायक गोल निकाल्यो।

हारका बाबजुद अर्जेन्टिनाका गोलरक्षक एमिलियो मार्टिनेज ले उत्कृष्ट प्रदर्शन गरे। उनले स्पेनका ११ वटा प्रहार बचाउँदै पुरुष विश्वकप फाइनलमा सर्वाधिक ‘सेभ’ गर्ने नयाँ कीर्तिमान बनाए।

यस जितसँगै स्पेनले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको छ भने अर्जेन्टिनाको लगातार उपाधि रक्षा गर्ने सपना अधुरै रह्यो।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार ०३:४७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।