Logo

अर्थ

नेको इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ ।

उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १०:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।