Logo

कोशी प्रदेश

भवन उद्घाटनका लागि हेलिकप्टर चढेर आए प्रधानमन्त्री



नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटनगरेका छन् ।

घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए । भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका छन् । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् । जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।

प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार  ३ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।