Logo

प्रमुख समाचार

नयाँ शक्तिलाई झड्का जिल्ला अध्यक्षसहित कमिटी नै नेकपामा समाहित



नयाँ शक्ति नेपाल पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । कुशे गाउँपालिकास्तरीय नेकपाका अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यले नयाँ जनशक्तिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई स्वागत गरे। नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी थियो ।

आचार्यका अनुसार केही दिनभित्रै नयाँ शक्तिका कागजात र कार्यालयका सम्पत्ति नेकपालाई हस्तान्तरण गरिनेछ । सोही कार्यक्रममा दलित जनजाति पार्टीका प्रदेशसभाका समानुपतिक उम्मेदवार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदयराम जैसी पनि नेकपा प्रवेश गरे।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  १ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।