दाङमा भएको सवारी दुर्घटनामा प्रदेश सांसद उत्तरकुमार वली घाइते भएका छन् ।घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबाहक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली चढेको कारलाई घोराही–लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियो ।
कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सांसद वलीको अवस्था गम्भीर छ ।
उनीसहित ३ जना घाइतेको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भइरहेको इप्रका लमहीले जानकारी दिएको छ । प्रहरीका अनुसार एकजना महिलालाई बसले च्यापेको छ ।
प्रतिक्रिया