Logo

प्रमुख समाचार

मेलम्चीको ठेक्कालाई लिएर भयो यस्तो गम्भीर निर्णय, मन्त्री बीना मगर भइन् झुठो साबित!



सरकारले सरसकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेको छ । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको हो।

सरकारले १४ दिनको समय सीमा दिएर उक्त कम्पनीलाई काममा फर्किन आग्रह गर्दा पनि नआएपछि मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोड्दै औपचारिक विदाइ गरेको हो । बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको आयोजनाका प्रमुख सूर्यराज कँडेलले बताए।

खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यही बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो । तर, यो वार्तामा सीएमसी हालकै अवस्थामा काममा फर्किन सहमत भएन ।ठेक्का रद्द भएपछि सरकारले फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

यसले खानेपानी मन्त्री बीना मगरले यसअघि जनतासँग गरेको प्रतिबद्धता झुठो साबित हुन पुगेको छ। मन्त्री मगरले विभिन्न औपचारिक कार्यक्रममा गएको दशैँमा मेल्मचीको पानी ल्याउँछु भनेकी थिइन् तर त्यो पनि सम्भव भएन्। उनले फेरि काठमाडौँबासीसँग नयाँ वर्षमा पानी ल्याउँछु भनेकी छन् तर आयोजनाको यस्तो छाँटकाँटले त्यो पनि सम्भव देखिएको छैन्।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  २ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।