Logo

प्रमुख समाचार

अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट



संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ । बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणकाे समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेकाे अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ५ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।