चिकित्सा शिक्षामा सर्वसुलभता तथा चिकित्सा उपचारमा सहजताका लागि १६ पटकसम्म आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीका मागप्रति पछिल्लो समय निकै रुष्ट रुपले क्याम्पेन नै गरेका नेकपाका जुझारु नेताका रुपमा परिचित योगेश भट्टराईको असली रुप सार्वजनिक भएको छ ।
डा केसीको १५ औं चरणको अनसनसम्म निकै राम्रो कदम भनी प्रशंसा गरेर नथाक्ने भट्टराईले नेपाल नर्सिङ परिषदमा आफ्नै श्रीमतीलाई हुलेपछि केसीप्रति नकारात्मक टिकाटिप्पणी चाल्न थालेका हुन् ।
डा केसीले गत साउन महिनामा केपी शर्मा ओली नेतृत्वको सरकार समक्ष सहमति गरेर अनसन तोडेका थिए । त्यही सहमतिलाई पालना गर्न ओली सरकारलाई दवाव दिन पुस २५ गते केसी अनसन बसेका थिए ।
१५ औं अनसनसम्म पक्षमा रहेका माननीय भट्टराई एकाएक युटर्न हुनुको पछाडि उनकी श्रीमती बिन्दा घिमिरे नै भएको खुलेको हो । ६ महिनाअघि बिन्दा परिषदको रजिष्ट्रार बनेकी हुन् ।
यसै त चिकित्सा क्षेत्रमा विकृति त्यसमाथि नेताका नातागोता हुलेपछि त्यो संस्था इमानदार हुने त सबालै भएन भन्दै अहिले नेकपाभित्रको एउटा सर्कलले जुझारु नेता भट्टराईको पनि ‘हैसियत देखियो’ भनेर आलोचना गर्न थालेका छन् ।
भट्टराईलाई बोली र व्यवहारमा समानता नभएको आरोपसमेत लाग्न थालेको छ । सिटिइभिटी तथा विश्वविद्यालयका कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको संस्था पूर्वाञ्चल विश्वविद्यालय र नर्सिङ परिषद भएको दावी हुँदै आएको छ ।
भट्टराईकी श्रीमती स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन्। यो कार्यकाल नसकिँदै उनी छ महिना अघि रजिष्ट्रार नियुक्त भएकी हुन्। परिषद भन्दाअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् । २०७१ सालमा खगराज अधिकारी हुँदा उनी परिषद सदस्य सिफारिस भएकी थिइन्।
परिषद विश्वविद्यालय तथा सिटिइभिटीका नर्सिङ कलेजको कार्यक्रमको सिट निर्धारण गर्ने संस्था हो। यही परिषद मातहत सिटिइभिटीका १८९ कलेज छन्। यीमध्ये ६० वटा कलेजको आफ्नो अस्पताल छैन ।
ती कलेज बिना मापदण्ड चलेका छन्। ८४ वटा कलेजको मापदण्ड पुगेको छैन।परिषद यस्ता कलेजको संरक्षण गरेर कमाउ धन्धामा लागेको आरोप लाग्दै आएको छ ।
डा केसीले सिटिइभिटी तथा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त प्रमाणपत्रभन्दा मुनिका कार्यक्रम सञ्चालन गर्ने नर्सिङ कलेजहरूलाई पाँच वर्षभित्र ‘फेजआउट’ गर्नुपर्ने र चिकित्साका सबै कार्यक्रम विधेयकमै समेट्नुपर्ने माग राख्दै लामो समयदेखि सत्याग्रह गरिरहेका थिए।
मन्त्री बन्न नपाए पनि श्रीमतीबाट राहत
नेता भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने नेतामा पर्छन् । ओलीका चेला भए पनि उनले गुरुसंग वाक्युद्धमा आफू पोख्त भएको दावी गर्दै आएका छन् ।
भट्टराईको चुनावी यात्राका क्रममा एक पटक उनकै गृहनगरमा पुगेर ओलीले मतदातालाई भनेका थिए –योगेशलाई जिताउने काम तपाईँहरुको मन्त्री बनाउने काम मेरो ।’
उनले मन्त्री बनाउने आशा निकै थियो । योगेश त्यो लायक भएनन् । तर उनले आफ्नो पदसंग श्रीमतीको पद साटेको धेरैले पत्तो पाउनै सकेनन् । पछिल्लो समय भट्टराईबारे चर्का कुरा गर्न छाड्नुको रहस्य श्रीमतीको पदमोह नै रहेको बुझ्न सकिन्छ हाम्राकुरामा समाचार छ ।
प्रतिक्रिया