Logo

अर्थ

राहदानी छपाइ प्रकरण: सिद्धार्थ थापा साधारण तारेखमा रिहा



काठमाडौं । राहदानी अनियमितता मुद्दामा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।

उनकाविरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो । तर, विशेष अदालतले सामान्य धरौटी पनि नलिई साधारण तारेखमा छोडेको हो ।

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले ८ असार, २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

राहदानी विभागले पासपोर्ट छपाईको जिम्मेवारी पाएको जर्मन कम्पनी भेरिडोसलाई १८ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने उपकरणहरु आपूर्ति गर्ने जिम्मेवारी पाएको मुलवर कम्पनीलाई एक रुपैयाँ पनि भुक्तानी भएको छैन ।

 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार १६:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।