Logo

प्रमुख समाचार

प्रचण्डलाई ओलीविरुद्ध कसले उचाल्यो ? खुल्यो सनसनीपूर्ण खुलासा



दुई तिहाईको दम्भ देखाइ रहेका केपी ओली नेतृत्वको सरकारमाथि आफ्नै पार्टीका नेताहरु धावा बोल्न सुरु गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी र ओलीदेखि असन्तुष्ट पूर्व एमालेका नेताहरुले केपी ओली सरकार विरुद्ध उचालेका छन्।

स्रोतले दिएको जानकारी अनुसार नेताहरुले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित ओली नेतृत्वको सरकार अघि बढी रहेको छ। त्यसकारण ओली सरकारलाई ठिक ठाउँ सार्वजनिक कार्यक्रमबाटै सचेत गराइएको छ। जिल्ला समन्वय समिति रुकुम (पश्चिम०ले आयोजना गरेको ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारलाई टार्गेट गरी मन्त्रीहरुलाई संविधान अनुसार चल्न सुझाएका छन्।

प्रचण्डले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गरेपछि ओली चकित परेका छन्।

अध्यक्ष दाहालले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको आरोप लगाए ।स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले कानून निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति जनाए ।

दाहालले संविधानलाई आत्मसात गरेर त्यसको इमान्दार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे देश भयानक दुर्घटनामा फस्ने चेतावनी समेत दिए ।

प्रचण्डको भनाईलाई उक्त कार्यक्रममा नै नेकका नेता एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले समर्थन जनाएका थिए। प्रदेश र स्थानीय तहलाई सरकारले नियन्त्रणमा लिन खोजेको उनले ओलीमाथि आरोप समेत लगाए । जनयुद्ध र जनआन्दोलनको बलमा आएको संविधानलाई पनि नियन्त्रण गर्न खोजे त्यसको विरुद्ध लड्ने उनको भनाइ छ । स्रोतका अनुसार प्रचण्ड र शर्माले खुलेमा आम नै ओली सरकारलाई चुनौती दिएका छन् भने अन्य पूर्व एमाले र माओवादीका नेताहरु भने अहिले उनीहरू गोप्य रुपमा समर्थन गरेका छन्।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  २ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।