मेलम्ची खानेपानी आयोजनामा कम्युनिस्ट सरकारका मन्त्री र उच्च कर्मचारीहरूले कमिशन नपाएका कारण ठेक्का रद्ध गरेको आरोप लागेको छ ।सामाजिक सञ्जालमा मेलम्ची ठेकेदारसँग कमिशन नपाएको झोँकमा ठेक्का रद्ध गरेको आरोप लगाइएको छ । सरकारका उच्च अधिकारी र मन्त्रीहरूले नयाँ ठेकेदार नियुक्ति गरेर कमिशन खाने खेलमा लागेको आरोप लगाइएको छ ।
कम्युनिस्ट सरकारले मेलम्ची खानेपानी आयोजनालाई विभिन्न आरोप लगाउँदै भुक्तानी दिन रोकेको छ । त्यति मात्रै होइन बिहीबार पत्रकार सम्मेलन गरेर कम्युनिस्ट सरकारले ठेक्का रद्ध गर्दै नयाँ ठेकेदार नियुक्ति गर्ने निर्णय गरेको सुनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत वरिष्ठ पत्रकार विकास थापाले फेसबुकमा लेखेका छन्, ‘काम गरिरहेको मेलम्ची ठेकेदारलाई कमिशन नपाको झोंकमा भुक्तानी नदिइ ठेक्का रद्द गर्ने । नयाँ ठेकेदार नियुक्त गर्ने अनि कमिशन लुँड्याउने । यस्ता नालायकहरूबाट समृद्ध नेपाल र सुखी नेपाली ?’
यसअघि पनि खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानी आयोजनाको काम गर्दै आएको ठेकेदारसँग पाँच करोड कमिशन मागेको समाचार बाहिर आएको थियो ।
नेपाल तरुण दलका अध्यक्ष जितसजंग बस्नेतले पनि बुटवलको विरोध सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले पाँच करोड कमिशन नपाएपछि ठेकेदारलाई काम गर्न अवरोध गरिरहेको आरोप लगाएका थिए ।
खानेपानी मन्त्री बिना मगरले दशै अगाडि नै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताएकी थिइन् । तर, उनले काममा भन्दा पनि कमिशनमा आफूलाई केन्द्रित गरेका कारण मेलम्चीको पनि काठमाडौं उपत्यकामा झर्न अझै दुई वर्ष लाग्ने धेरैले बताउनु थालेका छन् ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी बिना मगरले काम गर्न नसक्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले केही सकेका छैनन् ।
प्रतिक्रिया