काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ।
कम्पनीले रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक अध्ययन सामग्री हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको उपस्थिति रहेको थियो। उनले शिक्षा समाज रूपान्तरणको आधार भएकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कम्पनीले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उनले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।
कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




















प्रतिक्रिया