Logo

प्रमुख समाचार

बुटवलमा महिला संघको बृहत प्रदर्शन, गृहमन्त्री थापाको राजीनामाको माग



बुटवलमा शनिबार सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेस निकट नेपाल महिला संघले प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिसुरक्षा, महिला तथा बालबालिका माथि भएका हिंसाका घटनामा चासो नदेखाएको भन्दै संघले सडकबाटै राजीनामा माग गरेको हो।

दण्डहीनतालाई प्रश्रय दिएको, निर्मला हत्याकाण्डबारे गम्भीर नभएको, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको, महिला तथा बालबालिका हिंसाबारे गम्भीर नभएको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरेको नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाहीले बताइन्।

बुटवल राजमार्ग चौराहाबाट शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेको थियो। विरोध प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, दोषीलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  १० : ११ बजे