Logo

टिप्पणी

के प्रचण्डले ओलीसंग घुर्की गरेकै हुन् ? ‘माग्ने नाथेको मालिकसँगको घुर्की पानीको फोको हो’



अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । भेनेजुएलाकाण्डले गर्दा उनीहरुको आन्तरिक असन्तुष्टि पनि छताछुल्ल भएको छ ।

जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि अहिलेसम्म एकताले पूर्णता पाउन सकेको त छैन नै पार्टी फुट्ने संकेत नै ल्याएको छ । आरोप प्रत्यारोप चलिरहँदा दुई नेताका हैसियतबारे समेत कडाकडा टिप्पणी आउन थालेका छन् ।

यसै प्रसंगमा राजनीतिक विष्लेषक खगेन्द्र संग्रौलाले ट्वीटरमा सोमबार बिहानै लेखे, ‘नेक्पा डबलका बडे र छोटे अध्यक्ष अघिल्लो दिन सडकमा उत्रेर एकअर्काको चर्म छेदन, भोलिपल्ट नखरे मन मनझामाझ। ओली सर पार्टी सत्ता र राज्यसत्ताका मालिक, सर्वस्व सुम्पेका दाहालब्रो मालिकको कृपामा आश्रित। माग्ने नाथेको मालिकसँगको घुर्की पानीको फोको हो। फोको उठो,प्याट्ट फुटो !

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ३ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।