Logo

खेलकुद

रोनाल्डोको गोलले जित्यो युभेन्टस, कति पुग्यो रोनाल्डोको भागमा ?



पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलले इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले सोउलोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

सासोउलोको मैदानमा युभेन्टसलाई जित दिलाउन सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्री क्यानले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्टसलाई ३–० को जित दिलाए ।जितसंगै युभेन्टसले लिगमा ११ अंकको अग्रता बनाएको छ । युभेन्टसले २३ खेलबाट ६३ अंक जोडेको छ ।दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित सासोउलो ३० अंक जोडेर ११ औं स्थानमा छ ।

रोनाल्डोको गोल

रोनाल्डो गोल मेसिन हुन् । उनले युभेन्टसका लागि २० गोल गरिसकेका छन् । सुरुआती खेलहरुमा गोल गर्न नसकेपछि उनलाई छट्पटाहट भएको थियो । त्यसपछि निरन्तर रोनाल्डोले गोल गरेका छन् ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ३ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।