Logo

कोशी प्रदेश

धरानमा युवतीको रहस्यम मृत्यु, केटाका बाबुसहित ४ जना पक्राउ



सुनसरीको धरान ११ मा सिंगापुरे लाहुरेसँग विवाह गरेकी २२ बर्षीया युवतीको रहस्यमय मृत्यु भएको भन्दै बिहिबार इलाका प्रहरी कार्यालय धरानले ४ जनालाई पक्राउ गरेको छ ।

केही महिना अघि धरान धरान ११ बस्ने आइत माबो सँग विवाह गरेकी सोनीहाङ्मा लिम्बु सोमबार मृत अवस्थामा कोठामा फेला परेकी थिइन् । उनले कोठामा झुन्डिएर आत्महत्या गरिएको भनी प्रहरीलाई खबर गरिएकोमा प्रहरी पुग्नु अघि सोनीहाङ्माको शव झारेर खाटमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

माइती पक्षले पनि सोनीहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा बुधबार किटानी जाहेरी दिएको थियो । त्यही जाहेरीका कारण केटा पक्षका केटाका बुवा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।