Logo

खेलकुद

नेपाली महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तर हरायो



नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ।भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्।खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपालले भारतविरुद्व सुरूवाती अग्रता बनाएको थियो।

लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन्।पहिलो खेलमा म्यानमारविरुद्व पराजित भएको नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।यो जितसँगै ३ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शीर्ष स्थानमा रहेको म्यानमारको ६ अंक छ। तेस्रो स्थानमा रहेको भारतको समेत नेपालसँगै समान ३ अंक भए पनि उ हेड टु हेडमा नेपालभन्दा पछि छ। पहिलो खेलमा भारतले ईरानलाई हराएको थियो ।

नेपालले अब लिग चरणको अन्तिम खेलमा ईरानसँग खेल्नेछ।राउण्ड रोबिन लिगका आधारमा सञ्चालन गरिएको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ४ : ५३ बजे