काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।
मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
पार्टीभित्र पछिल्लो समय देखिएका सांगठनिक र नीतिगत विवादहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा दुई नेताबिच छलफल भए पनि कुनै सहमति भने भएन । दुवै पक्षले आ–आफ्ना कुरा राखेको तर सहमति नबनेको थपलियाले जानकारी दिए ।















प्रतिक्रिया