Logo

प्रमुख समाचार

एकै पटक ११ सय १६ कर्मचारी अनुशासनको कारवाहीमा



राष्टिय सतर्कता केन्द्रले १११६ निजामति कर्मचारीलाई कारवाहीको सिफारिस गरेको छ । सतर्कता केन्द्रले सिंहदरवारदेखि स्थानीय तहमा कार्यरत १११६ कर्मचारीलाई अनुसाशनको कारवाही गर्न सम्बन्धीत निकाय र विभागमा सिफारिस गरेको छ ।

केही महिनादेखि सतर्कता केन्द्रले सरकारी कर्मचारी र कार्यालयको अनुमगन गरिरहेको छ । अनुगमनका क्रममा समयमा कार्यालय नआउने, आएपनि सेवाग्राहीले भनेको काम समयमा नगर्ने, पोषाक नलगाई कार्यालय आउने कर्मचारीलाई कारवाहीको सिफारिस गरेको छ ।

धेरै कर्मचारीहरु निर्धारित समयभन्दा ढिलो आउने र कार्यालय समयभन्दा छिटो निस्किने गरेको गरेका छन् । ति कर्मचारीलाई पनि अनुशासनको कावरवाही थाल्न सतर्कता केन्द्रले सिफारिस गरेको छ ।

सरकारी नियमको उलंघन गर्नेमा सवैभन्दा बढि सिंहदरवारका कर्मचारीहरु रहेका छन् । उनीहरु न समयमा कार्यालय आउँछन् नत सेवा ग्राहीलाई सन्तुष्टी हुने गरी काम गर्ने गरेका छन् । सर्तकर्ता केन्द्रले सिंहदरवारभित्र रहेका करिव ६ सय कर्मचारीलाई कारवाहीको सिफारिस गरेको छ ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ४ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।