काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजारलाई पारदर्शी, डिजिटल र बजारमा आधारित बनाउने लक्ष्यसहित ‘प्राथमिक पुँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ।
नीतिले आईपीओ प्रक्रिया समयबद्ध र पारदर्शी बनाउने, संस्थागत तथा एङ्कर लगानीकर्ताको सहभागिता बढाउने र साना तथा नवप्रवर्तनमुखी उद्योगलाई बजारमार्फत दीर्घकालीन पुँजी जुटाउन सहज बनाउने व्यवस्था गरेको छ।
बोर्डले नीतिमार्फत नेपालको प्राथमिक पुँजी बजारलाई दक्षिण एसियामै प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने लक्ष्य लिएको छ।















प्रतिक्रिया