Logo

प्रमुख समाचार

बन्दुकको भाषा प्रयोग नगर्न जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ओली-प्रचण्डलाई नेकपाको चेतावनी



२४ औँ जनयुद्ध दिवसको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रहरीले थप निगरानी बढाएको छ । आइतबार र सोमबार मात्रै प्रहरीले नेकपाले जनयुद्ध दिवसको अवसरमा देशका विभिन्न ठाउँमा गरेका वालपेन्टिङ र नाराहरु मेटाईदिएको छ ।

लुम्बिनी ब्युरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाइएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अङ्कित ब्यानर र सडकछेउमा लेखिएका दुई दर्जन नारा प्रहरीले मेटिदिएको छ । ‘जनयुद्ध दिवस सफल पारौँ, वैज्ञानिक समाजवाद जिन्दावाद एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा र ब्यानर मेटाइएको नेकपाले जनाएको छ ।

कपिलवस्तु र दाङको सिमानामा पर्ने धानखोलामा लेखिएका सबैजसो नारा पोतेर प्रहरीले मेटाइएको उक्त पार्टीले जनाएको छ । कतिपय जिल्लाका मुख्य सहर र चोकहरूमा समेत लगाइएका ब्यानर र पर्चा पम्पलेटहरु पनि रातारात हटाइएको छ ।

यसैबीच नाराहरु प्रहरीले रातारात गायब पारेपछि नेकपा कपिलवस्तुले आपत्ति जनाएको छ । नेकपा कपिलवस्तु जिल्ला इन्चार्ज सङ्गमले मंगलबार एक विज्ञप्ति जारी गर्दै संविधानले समेत सुनिश्चित गरेको मौलिक हक कुल्चिँदै राजनीतिक नारा हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

विज्ञप्तिमार्फत उनले नारा मेटर बन्दुकको भाषा प्रयोग नगर्नसमेत चेतावनी दिएका छन् । जनतालाई शुसूचित गराउने राजनीतिक नारा हटाउनु द्वन्द्वको आगमन हो भएको विज्ञप्तिमा उल्लेख छ । नेकपाले ३४ औँ जनयुद्ध दिवसको अवसरमा भिभिन्न कार्यक्रमको आयोजना समेत गर्न लागेको छ ।

बुधबार नेकपा देशभर सार्वजनिकरुपमा जनयुद्ध दिवस मनाउन लागेको हो । २४ औँ जनयुद्ध दिवसलाई काठमाडौं उपत्यकासहित देशभर भिभिन्न कार्यक्रम गरेर बनाउने तयारी गरिएको नेकपा केन्द्रीय सदस्य राप्तिले संचारकेन्द्रलाई जानकारी दिए । बुधबार नेकपाले शान्तिबाटिकामा पनि कार्यक्रम गर्न लागेको छ । यक्त कार्यक्रमलाई नेकपाका केन्द्रीय नेताले सम्बोधन गर्ने उक्त पार्टीले जनाएको छ ।

२०७३ को फागुन १ गते २२ औँ जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंको खुलामञ्चमा भब्य र बिशाल जनसभासहित पार्टी महाधिवेशन उद्घाटन समारोह गरेको नेकपाले गत बर्ष पनि २३ औँ जनयुद्ध दिवस भब्यरुपमै मनाएको थियो ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ३ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।