Logo

विविध

फाल्गुन १ गते बुधबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः– दिन सामान्य खालको देखिन्छ । सफला असफलता आफ्नै हातमा रहनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो पर्न सक्छ सचेत रहनुहोला । लगानीमा जोड नदिनु होला । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

वृषः– अनावस्यक खर्चमा कमि आउनेछ । उत्तम भोजन आसन प्राप्तिको योग देखिन्छ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । नयाँ कामको अवसर आउनेछ । कामबाट अरु प्रभावित हुनेछन् ।

मिथुनः– असहज स्थितिको सृजना हुनेछ । ढुक्क र सुख मिल्ने छैन । उपलब्धि विहिन काम बढि हुनेछन् । व्यर्थकोे घुमाई फिराई होला । विश्वास घातिसँग भेट हुनसक्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ ।

कर्कटः– आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । जीवन साथिको चिन्ताले सताउनेछ । अतिथिको रुपमा निमन्त्रण आउनेछ ।

सिंहः– स्वास्थ्यमा सुधार आउनेछ । राजनीति तथा नोकरीमा नयाँ अवसर मिल्न सक्छ । पुराना काम फस्र्योट हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्न पाईनेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

कन्याः–भाग्यको भरोसामा मात्रै काम नगर्नु होला । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम पुन सुचारु हुनेछन् । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा प्रगति हुनेछ ।

तुलाः– तनावमा काम गर्नु पर्नेछ । गरेका काम विवाद रहित हुने छैनन । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट मुनाफा थोरै हुनेछ ।

वृश्चिकः– दिन अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

धनुः– व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रतिश्पर्धाबाट पछाडि नहट्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । मुद्धा जीतिनेछ ।

मकरः– भ्रममा नपर्नु होला । स्पष्ट कार्य योजना लिएर अगाडि जानु होला । बाह्य व्यक्तिको सहयोग लिएर काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पठन पाठनमा थोरै ध्यान जानेछ ।

कुम्भः– घरमा सामान्य खालका समस्या देखिने छन् । शारीरिक एवं मानसिक थकान बढि हुनेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । व्यवसायिक गतिविधि कम हुनेछन् । आम्दानी घट्नेछ । अपेक्षाकृति सहयोग कम हुनेछ ।

मिनः– पुराना समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । बन्धु वर्गादिको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिश्रमको मुल्य राम्रै मिल्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कुरामा नै बढि मन दौडिनेछ ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ४ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।