Logo

समाचार

“सोनाहा विकास समाज बर्दियाको बार्षिक साधारण सभा सम्पन्न”



राजापुर नगरपालिका-१, अवस्थित गैर नाफामुखी गैर सरकारी संस्था सोनाहा विकास समाज बर्दियाको तेश्रो बार्षिक साधारण सभा २०७५ सम्पन्न भएको छ । साधारण सभाको सभाअध्यक्ष शान्ती सोनाहा, प्रमुख अतिथी राजापुर नगरपालिका १ नं वडा का अध्यक्ष खुशीराम थारु, विशिष्ट अतिथी कारु सोनाहा आतिथ्यमा सभा सम्पन्न भएको छ ।

साधारण सभामा सोनाहा विकास समाजले गुड नेवर्स इन्टर नेशनल नेपालको साझेदारीमा बर्दिया क्षेत्र विकास परियोजना अन्तर्गतबाट आ.व.२०७४-७५ को रु ३३१८२६४७ को आय ब्यय प्रस्तुतीकरण संस्थाका कोषाध्यक्ष चित्रा सोनाहाले गरे ।

उक्त साधारण सभामा सोनाहा विकासको सन् २०१८ को कार्यक्रमहरुको प्रगति प्रतिबेदन तथा अगामी २०१९ को प्रस्ताबित कार्यक्रमहरु परियोजनाको संयोजक रत्न लाल के.सी. बाट प्रस्तुतीकरण गरिएको थियो । साथै संस्थाको दिगो विकासकोलागि केही कार्ययोजनाहरु बारे छलफल भएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग सन् २०१२ देखि पाताभार सामुदायिक विकासबाट लोप उन्मुख सोनाहा जातीको आर्थिक विकास तथा जिविकोपार्जनकोलागि बंगुर पालन कार्यक्रमको लागि आर्थिक तथा प्राबिधिक सहयोगमा सन् २०१५ साल सम्म भएको थियो ।

भने सन् २०१६ साल देखि हाल सम्म निरन्तर रुपमा बर्दिया क्षेत्रिय विकास परियोजनाको लागि साझेदारी संस्थाको रुपमा सोनाहा विकास समाजलाई शिक्षा, स्वास्थ्य, तथा आयआर्जनको क्षेत्रमा विकासका लागि निरन्तर आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  २ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।