Logo

खेलकुद

इरानलाई हराउँदै नेपाल फाइनलमा, भारत आउट



इरानमाथि शानदार जित हात पारेको नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो ।नेपालको जितमा सावित्राको दुई गोल म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा पुग्ने सम्भावना कायम राख्न अन्तिम खेल जित्नै पर्ने दबाव थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले सुरुवाती अग्रता लियो । अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नेपाललाई १–० को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर बनाइन् । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी छँदा साबित्राले दोस्रो गोल गरेपछि नेपालले शानदार जित निकाल्यो ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ४ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।