Logo

प्रमुख समाचार

अख्तियार आयुक्त पाठकलाई महाअभियोग तयारी



सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले यसबारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अब अन्य विषय अघि बढ्ने उल्लेख गरे।

– अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

उनले भनेको अन्य विषय भनेको महाअभियोगको बाटो हो। यो बीचमै पाठकले राजिनामा दिन सक्ने सम्भावना पनि छ। यदी राजिनामा नदिए शुक्रबारसम्म संसदमा अभियोग दर्ता गर्ने गरी नेकपाका नेताहरुले हस्ताक्षर संकलनमा लागेका छन्।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री समक्ष पुगेको थियो। झण्डै एक महिना अघि नै यो बिषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने अनुसन्धान गरिरहेका थिए।

बुधबार उक्त विषयमा कान्तिपुर लगायतका सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि नेकपा तत्काल महाअभियोग अघि बढाउने तयारीमा लागेको हो। बुधबार बिहान बालुवाटारमा बैठक नेकपा नेताहरुको बैठक बसेको थियो कान्तिपुर दैनिकबाट ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ४ : १३ बजे