Logo

विविध

फाल्गुन ३ गते शुक्रबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः–

सहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या कम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भाई बन्धुको सहयोग मिल्नेछ । राजनैतिक चासो बढ्नेछ ।

वृषः–

मध्याम खालको दिन छ । हेलचक्र्याई नगरि काम गर्नु होला । अरुको भर विश्वासमा नपर्नु होला धोका हुनेछ । इष्टमित्रका कारण धन क्षय हुनेछ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । व्यापार मन्द रहला ।

मिथुनः–

शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । काममा देखिएका समस्या कम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । कार्यक्रममा भाग लिनको लागि निम्ता आउन सक्छ ।

कर्कटः–

समयले साथ दिने छैन । मन अस्थिर हुनेछ । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । अनावस्यक काम कुरा बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ । लगानी डुब्न सक्छ । यात्रामा कष्ट हुनेछ ।

सिंहः–

भाग्यले साथ दिदा धेरै ठाँउमा सफलता मिल्नेछ । भौतिक सम्पति बढ्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । उद्योग पराक्रम बढ्ला । उधारो रकम उठ्नेछ ।

कन्याः–

गरेका काम उदाहरणीय हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तले अल्झाउने छन् ।

तुलाः–

विवादबाट टाढा रहेर काम गर्नु होला । रोकिएका काममा विस्तारै सुधार आउनेछ । आशाका अङ्कुर पलाउने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । परोपकारी काम हुनेछन् । अरुको पूर्ण भरोसामा नपर्नु होला ।

वृश्चिकः–

काम गर्ने वातावरण विग्रिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनुहोला । मानसिक तनाव बढाउने खालका गतिविधि बढि हुनसक्छन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

धनुः–

विवादबाट जोगिएर काम गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । रजोगुण बढ्नेछ ।

मकरः–

काम गर्न त्यति सहज देखिदैन । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ लिन सकिनेछ । आफन्तमा विवाद पर्न सक्छ ।

कुम्भः–

अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । सहयोगी कमै भेटिने छन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

मिनः–

घरयासी समस्या बढ्नेछन् । काम गर्ने जोश जागर घट्नेछ । कार्य प्रगति तल झर्नेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्न खोज्ने बढि हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुने छैन । अतिथि खर्च बढ्नेछ ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ५ : ३६ बजे