Logo

समाचार

अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् ।

बिहीबार घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो ।आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ९ : ३६ बजे