Logo

अर्थ

बाढी प्रभावितको लागि एभरेष्ट बैंक र कर्मचारीहरुको तर्फबाट ३ करोड ११ लाख सहयोग



काठमाडौंं । एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई करोड एकाउन्न लाख रुपैँया र आफ्ना कर्मचारीहरुको तर्फबाट साठी लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा रु ३,११,५४,६०५.३८ (तिन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा) नगद सहयोग उपलब्ध गराएको छ ।

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपदको सामना गर्न अग्रपङ्क्तिमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरुप्रती हार्दिक आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १०:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।