Logo

विविध

फाल्गुन ५ गते आइतबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः– काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । सामान्यतया प्रातकालमा गरेका काम सफल हुनेछन् । घरका विषय बस्तुमा बढि केन्द्रित भएमा अरु काम अगाडि बढाउन सकिने छैन । सहयोग कम मिल्नेछ ।

वृषः– पूर्वान्ह काल भन्दा मध्यान्ह पछिको समय बढि अनुकुल हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला स्वास्थ्यमा हानी हुनेछ । आर्थिक कारोवार गर्दा सजग रहनु होला । कार्य लगनशिलता बढ्नेछ ।

मिथुनः– आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुनेछन् । काम साच्ने कुरा नगर्नु होला । कसैले धन माग्यो भनेर दिने काम नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ ।

कर्कटः– प्रातःकाल त्यति अनुकुल देखिन्न । खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । मध्यान्ह पछि समयले साथ दिनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

सिंहः– देखिएका सम्भावनाहरु क्षिण भएर जाने छन् । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला । मध्यान्ह पछि समयले साथ दिने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्याः– व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा दुविधामा नपरि गर्नु होला । सहयोग मिल्नेछ ।

तुलाः– सुधारका संकेत देखिने छन् । मध्यान्हबाट रोकिएका कामले गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो महशुस हुनेछ ।

वृश्चिकः– प्रातकाल त्यति अनुकुल देखिन्न । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ सचेत रहनु होला ।

धनुः– आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । विहानमा गरेका काम केहि सफल हुनेछन् । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

मकरः– शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कुम्भः– इच्छाशक्ति बढि हुनेछ भने काम थोरै कुरा धेरै हुने छन् । व्यापारमा खासै प्रगति हुने देखिन्न । परिवारजनमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ । प्रयत्नबाट मात्र काम हुनेछन् ।

मिनः– समस्यको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलता हुनेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ६ : २१ बजे