भोजपुर । साल्पासिलिछो गाउँपालिका–५, माबुस्थित भदौरे मेलामा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राई छन्। उनी स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार पुरानो विवादलाई लिएर भदौ ११ गते राति राईमाथि कुटपिट भएको थियो। कुटपिटका क्रममा गम्भीर घाइते भएका राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
पक्राउ परेकाहरूमाथि भोजपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया