Logo

समाचार

सि लिंक ट्राभल्स एन्ड टुर्सको बाढी पीडितलाई करिब ६ लाख सहयोग



काठमाडौं ।  रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सि लिंक ट्राभल्स एन्ड टुर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गरेको छ।

सि लिंक ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक राजु ढकालले विपद्का समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताए।

रसुवामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाले सरकारलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन्।

सि लिंक ट्राभल्स एन्ड टुर्सले पनि सरकारी राहत संयन्त्रमार्फत प्रभावित नागरिकसम्म सहयोग पुग्ने अपेक्षासहित उद्धार कोषमा रकम उपलब्ध गराएको जनाएको छ।

कम्पनीले राष्ट्रिय विपद्का बेला प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको जनाएको छ। आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।

 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार २१:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।