Logo

अर्थ

‘हिमालयन ८०-२०’को लाभांश घोषणा



काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापन हिमालयन क्यापिटलले आफ्नो पहिलो बन्दमुखी योजनाका इकाइधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार इकाइधनीहरुलाई १५ करोड रुपैयाँ वितरण गरिने क्यापिटलले जनाएको छ ।

यो लाभांश वितरणार्थ क्यापिटलले बुक क्योजको मितिले भने पछि सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १०:४५   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।