Logo

अर्थ

सिवाईसी नेपाल लघुवित्तद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ६१ हजार सहयोग



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसापासका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिमा सहयोग प्रदान गरेको छ ।

यस विपद्प्रति सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड परिवारले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको हो ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट ५ लाख र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ गरी जम्मा ८ लाख ६१ हजार ६,९४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १३:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।