Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले कुलमानसँग सोधे- सुसुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने?



काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा छलफल भएको बताए ।

‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ उनले भने ।

अध्यक्ष घिसिङ नेतृत्वको टोलीले प्रधानमन्त्री बालेनलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।

‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ उनले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’

सकेको जनशक्ति परिचालन गरेर उद्धारमा लाग्नुपर्ने सुझाव दिए । सुरुङको उद्धारको लागि स्पेसल प्रविधि नचाहिने पनि बताए ।

उनले भने, ‘कुनै स्पेसल प्रविधि चाहिने होइन, साधारण उपकरण र दक्ष रेस्क्यु टिमबाटै काम गर्न सकिन्छ। मुख्य समस्या भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता हेभी इक्विपमेन्ट घटनास्थलमा पुर्‍याउनु हो। त्यसका लागि आवश्यक हेलिकप्टरलगायतका साधन परिचालन गर्नुपर्ने हुन्छ।’

घिसिङ नेतृत्वको टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने कामबारे बताएपछि प्रधानमन्त्रीले पनि जुन सुकै अवस्थामा पनि उद्धारको काम अघि बढाउने जवाफ दिएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १३:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।