Logo

प्रमुख समाचार

युट्युवबाट हटाइएको पशुपति शर्माको गीत प्रचण्डलाई मन परेपछि…



नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।

उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाएको टिप्पणी प्रचण्डले गरेका छन् ।

प्रचण्डले शर्माको गीत पुरै सुनेको र गीतले अहिलेको यथार्थतालाई व्यक्त गरेको बताएका छन् । ‘गीत बन्द गराएको चर्चापछि उहाँले पूरै सुन्नुभयो’, स्रोतले भन्यो, ‘गीत उहाँलाई मन प-यो रे ।’

प्रचण्डले शर्माको गीतले समाजका हरेक क्षेत्रमा व्याप्त विकृतिलाई व्यंग्य गरेको भन्दै सरकारले त्यसलाई समाधान गर्नुपर्नेमा उल्टै गीतै बन्द गराएर गल्ती गरेको निस्कर्ष निकालेका छन् । उनले त्यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचेत समेत गराउने बताएका छन् ।

‘सरकारले जनभावना बुझेर त्यसअनुसार अगाडि बढ्नुपर्नेमा उल्टो काम गरेको छ’, नेकपाका एक नेताले काठमाण्डुटुडेसँग भने । सरकारले शर्माको गीतमा राष्ट्रपति, सरकार र नेताहरुमाथि अनावश्यक आरोप लगाएको भन्दै युट्युवबाट हटाउन दबाब दिएपछि हटाएको शर्माले बताएका छन् ।

शर्माको गीत सार्वजनिक भएको दुई दिनमै युट्युवबाट हटाउन दबाब दिएको भन्दै सरकारको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँम्ग्रेसले माइतीघर घण्डलामा आइतबार माइतीघर मण्डलामा शर्माको गीत बजाएर विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ३ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।