Logo

प्रमुख समाचार

भ्रष्टहरुका संरक्षक हुन् केपी ओली ?



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुससम्बन्धी भिडियो करिब चार महिना पहिले नै प्रधानमन्त्रीसमक्ष पुगेको खबर आएको छ । यदि त्यसो हो भने केपी ओली भ्रष्टहरुका सबैभन्दा ठूला संरक्षक हुन् त ? उक्त घुसकाण्डमा पाठक मात्रै दोषी छैनन्, नेपाल इञ्जिनियरिङ कलेजका लम्बोधर न्यौपाने पनि उत्तिकै दोषी छन् ।

घुस लिने र दिने दुवैलाई कडा सजायँ हुनुपर्छ । घुस लिने कारवाहीमा पर्ने डरले राजीनामा दिने, लम्बोधर न्यौपानेहरुले काम फत्ते नभएपछि गोप्यरुपमा भिडियो बनाएको देखिन्छ । त्यसैले पाठक र न्यौपानेको ग्रुप दुबै उत्तिकै दोषी छन् ।

प्रधानमन्त्री केपी ओलीले भाषणमा जतिसुकै दम्भ प्रदर्शन गरे पनि उनले भ्रष्टहरुलाई संरक्षण गरेकै छन् । मन्त्रिपरिषदबाट वाइड बडी छानविन समिति बनाए, तर ४५ दिनसम्म पनि उनीहरुलाई नियुक्तिपत्र नदिइकनै समितिको म्याद सकियो ।

मन्त्रिपरिषद्बाट गरिएको निर्णयसमेत कार्यान्वयन हुँदैन भने यो दुनियाँमा कुन चाहिँ निर्णय कार्यान्वयन हुन्छ रु व्यवहारबाट पटक– पटक के पुष्टि भएको छ भने प्रधानमन्त्रीले आफ्नो भनाइमा इमान्दार प्रदर्शन गरेका छैनन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ९ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।