Logo

अनलाइनपाना खोज

काँग्रेसले ओलीको डायलग सापटी लिएर उनैलाई प्रहार गरेपछि…



सरकारको एक वर्ष कार्यकाल मूल्याङकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी ओली ‘बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ ।

सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ । सरकारका कामबारे धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले सर्वसाधरणले दुई तिहाईको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निस्कर्ष सुनाए ।

‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकताए ढुक्कले आयने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा उनले आर्थिक सूचाकंका विवरणसमेत प्रस्तुत गरेको थियो । ‘व्यवस्थित अर्थतन्त्रको महत्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीगत खर्च समयमै प्रभावकारी रुपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यम आइपुग्दा केबल २२.८७ प्रतिशत मात्रै छ ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ५ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।