Logo

प्रमुख समाचार

शीतल निवासमा गोप्य बैठक, ओली, देउवा, प्रचण्ड र गच्छदार सहभागी, के भयो कुराकानी ?



राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षी दलका चार जना शीर्ष नेताहरुसँग आज भेटवार्ता गरेकी छिन्।

आइतबार साँझ सत्तारुढ दल नेकपाबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई शीतलनिवासमा बोलाएर भण्डारीले समसामयिक विषयमा छलफल गरेकी हुन् ।

भेटमा सहभागी कांग्रेस उपसभापति गच्छदारका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिएकी थिईन । त्यस्तै समसामयिक विषयमा छलफल समेत भएको उनले पत्रकार ऋषि धमलालाई जनाए । मुलुकमा पछिल्लो समय भ्रष्टाचार ह्वात्तै बढेको भन्दै राष्टपति भण्डारीले यसप्रति नेताहरुको ध्यानाकार्षण गराएकी थिईन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ५ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।