काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बैतडीको सुर्नया गाउँपालिका–७ घर भई काठमाडौंको बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मडैले बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने तथा अपमान गर्ने आशयको भिडियो बनाएका थिए। विपत्तिमा खुसी व्यक्त गरेको देखिने उक्त भिडियो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रहरीले जनाएको छ।
मडैविरुद्ध जिल्ला अदालत काठमाडौंको आदेशमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।
















प्रतिक्रिया