Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७२ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११६, हर्न निषेधमा २४, लेन क्रसमा ११, अवस्था ठिक नभएको २५, एकतर्फीमा ७ र अन्यमा ५२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार ०६:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।